७ बैशाख २०८१, शुक्रबार

यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  28 September, 2022 8:25 am


फाइल फाेटाे

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मौसममा आंशिक देखि सामान्य बदली रहेको छ । जसको प्रभावले आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक\ दुई स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १ र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका एक\दुई स्थानमा राती पनि चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मध्यम वर्षाको सम्भावना रहेका पहाडी क्षेत्रहरूमा पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !