१३ बैशाख २०८१, बिहिबार

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन कारबाहीमा

प्रकाशित मिति :  28 September, 2022 12:20 pm


काठमाडौं । प्रहरीले यान्त्रिक अवस्था ठीक नभएका सवारी साधनमाथिको जाँच अभियान तीव्र पारेको छ। चाडवाड नजिकिँदै गर्दा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले टोली नै खटाएर अभियान तीव्र पारेको हो।

ललितपुरको सातदोबाटोमा मंगलबार गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अवस्था ठीक नभएका बस, टेम्पो, ट्यांकरलगायतका २५ सवारी साधनलाई कारबाही गरिएको र १४ गाडीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले नियन्त्रणमा लिइएका १४ सवारी साधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाएको जानकारी दिएका छन् ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा दुर्घटना हुने र यात्रुको जीवन जोखिममा पर्ने भएकाले सम्भावित जोखिम कम गर्न अभियान सुरू गरिएको भट्टले बताए।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक अनिलकुमार उप्रेतीको कमान्डमा ट्राफिक प्रहरीको टोली मंगलबार ललितपुरको सातदोबाटो क्षेत्रमा खटिएको थियो।



प्रतिक्रिया दिनुहोस !