१३ बैशाख २०८१, बिहिबार

सिप्रदियन सहायता संस्थाद्वारा यात्रु सहायता कक्ष सञ्चालन

प्रकाशित मिति :  28 September, 2022 1:16 pm


काठमाडौं । सिप्रदियन सहायता संस्थाले महानगरीय ट्राफिक प्रहरी, नेपाल प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा काठमाडौं उपत्यका र पोखरा गरी १९ प्रमुख स्थानहरूमा यात्रु सहायता कक्षको व्यवस्था गरेकाे छ।

दशैं मनाउन उपत्यका छोड्ने यात्रुहरूको संख्या उल्लेख्य रुपमा बढ्ने हुनाले सहजीकरणका लागि काठमाडौंमा बल्खु, नयाँ बसपार्क, स्वयम्भू, चाबहिल, गौशाला, कलंकी, कोटेश्वर, माछापोखरी, सातदोबाटो, दक्षिणकाली, सुन्धारा, पुरानोबसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष सुरू गरिएको छ।

उपत्यका बाहिर बनेपा, धुलिखेल र काभ्रे भञ्ज्याङ र पोखराका दुई स्थानमा पनि यात्रु सहायता कक्ष सुरू गरिएको छ। यात्रु आवतजावतको क्रममा सर्वसाधारण यात्रीलाई सुरक्षा सम्बन्धी सूसुचित गर्न यात्रु सहायता कक्षले मनिटरिङ गर्ने जनाएकाे छ।



प्रतिक्रिया दिनुहोस !