१३ बैशाख २०८१, बिहिबार

कांग्रेसभित्र टिकट बाँडफाँडमा किचलो, शेखर पक्षद्वारा केन्द्रीय कार्यालयमा धर्ना

प्रकाशित मिति :  28 September, 2022 1:55 pm


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको टिकट बाँडफाँडलाई लिएर नेपाली कांग्रेसभित्र विवाद चर्किएको छ ।

शेखर कोइराला समूहले कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट टिकट बाँडफाँडमा मनोमानी भएको भन्दै पार्टी केन्द्रीय कर्यालय सानेपा ललितपुरमा धर्ना लिएको छ । पार्टी भित्र समान अवसर र न्याय हुनुपर्ने शेखर पक्षको माग छ ।

समानुपातिक बन्दसूची सच्याउन र आफ्नो समूहलाई प्रत्क्षतर्फ सम्मानजनक सिट दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा शेखर समूहले १ घण्टा धर्ना लिएको हो ।

धर्नामा केन्द्रीय जिम्मेवारीमा रहेका कोइराला पक्षका नेताहरू धर्नामा बसेका थिए । समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष पार्टीभित्रै आन्दोलनमा छ



प्रतिक्रिया दिनुहोस !