८ पुस २०८२, मंगलबार

उपत्यकामा एकैदिन ३१ सय ३८ जना सवारी चालकमाथि कारबाही

प्रकाशित मिति :  28 September, 2022 3:03 pm


काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्वर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन् ।

यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !