चाडपर्व लक्षित सुरक्षा योजना : १४ सय ट्राफिक प्रहरी खटिने
प्रकाशित मिति : 29 September, 2022 7:39 am
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । कार्यालयले चाडपर्वमा हुने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न विशेष सुरक्षा योजना सार्वजनिक गरेको जनाएको छ।
योजनामा प्रहरी उपरीक्षकको कमान्डमा एक हजार चार सय ६८ ट्राफिक प्रहरी खटिने एसएसपी राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। सो क्रममा सवारीको यान्त्रिक जाँचदेखि मापसे चेकिङ सवारीको क्षमतालगायत जाँच हुने उनले बताए ।
चाडपर्वमा तीव्र रुपमा सवारी चलाउदा दुर्घटना हुने सक्ने भन्दै थप ३५ स्थानमा जाँच हुने र विभिन्न नाकामा पनि प्रभावकारी रुपमा अनुगमन गरिने भट्टले जानकारी दिए ।
भट्टले २४ घण्टा नै ट्राफिक प्रहरी खटाएर चाडपर्व सुरक्षित गर्ने पनि बताए । त्यस्तै, विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएको उल्लेख गरे ।








