८ बैशाख २०८१, शनिबार

पाल्पामा जिप दुर्घटना हुँदा चारजना घाइते

प्रकाशित मिति :  29 September, 2022 1:31 pm


काठमाडौं । पाल्पामा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । बिहान साढे ४ बजेतिर बुटवलबाट यात्रु लिएर जुठापौवा हुँदै अर्घाखाँची जाँदै गरेको लु१ख १४३१ नम्बरको जिप रैनादेवी छहरा गाउँपालिकास्थित भैरव मावि छहराको निमार्णाधी भवनमाथि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिपमा सवार झापा जिल्ला टोपकासी गाउँपालिका वडा नम्बर ५ बस्ने ४४ वर्षीय कृष्णबहादुर राई, रैनादेवी छहरा वडा नम्बर ६ का २४ वर्षीय दिपक पुन, सोही स्थानका १९ वर्षीया हिरा पुन र ४१ वर्षीय छविलाल रास्कोटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रवक्ता विरेन्द्र थापाले जानकारी दिए ।

घाइतेहरूको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !