११ बैशाख २०८१, मंगलबार

विभिन्न ठाँउमा फसेका रोल्पाका श्रमिकबारे उर्जामन्त्री पुनको चासो, समस्या परे सम्पर्क गर्न आग्रह

प्रकाशित मिति :  31 March, 2020 12:23 pm


काडमाडौ, १८ चैत ।

उर्जामन्त्री बर्षमान पुनले काठमाण्डौं उपत्यकासहित विभिन्न इट्टा भट्टा रहेका रोल्पाका श्रमिकहरुलाई समस्यामा परेको भए सम्पर्क गर्न आग्रह गरेका छन् ।

रोल्पाबाट प्रतिनीधिसभाको सांसदसमेत रहेका पुनले समाजिक सञ्जाल ट्वीटरमा लेख्दै लकडाउनका कारण फसेका रोल्पाका श्रमिकहरुसँग सम्पर्क भइसकेको भन्दै धेरैजसोले आफुहरु सुरक्षित रहेको जानकारी गराएको उल्लेख गरेका छन् । उनले केहीलाई घर जाने व्यवस्था गरिएको समेत जानकारी गराएका छन् ।

मन्त्री पुनले सकेसम्म लकडाउन अवधिभर सुरक्षित बस्न आग्रह गर्दै केही समस्या परे सम्पर्क गर्न समेत आग्रह गरेका छन् । मन्त्री पुनले भनेका छन्,‘ काठमाण्डौं,ललितपुर,भक्तपुर,धादिङ र काभ्रेका इट्टा उद्योग लगायतका क्षेत्रमा काम गर्ने रोल्पाली साथीहरुसँग सम्पर्क भएको छ, धेरैजसोले आ-आफ्नै ठाँउमा सुरक्षित रहेको भन्नुभएको छ, केहीलाई घर जाने ब्यवस्था गरिएको छ, लकडाउनको अबधिमा आ-आफ्नै ठाँउमा सुरक्षित बसौं, समस्या परेमा सम्पर्क गर्नुहोला ।’

काठमाण्डौं उपत्यकाका केही इट्टा भट्टा उद्योगहरुले इट्टा राख्ने टिप्परमा अमानवीय हिसाबले रोल्पा पुराएको र झण्डै १० हजार रोल्पाली श्रमिक फसेको समाचार लुम्बिनी सञ्चार डट.कम.सहितका सञ्चार माध्यामहरुमा सार्वजनिक भएपछि मन्त्री पुनले चासो देखाएका हुन् ।

सम्पर्कका लागि मन्त्रीपुनले दिएको सम्पर्क नम्बरहरुः

स्वकीय सचिव: दुर्गाप्रसाद चौलागाई -९८५२०४८१७५
निजि सचिव: कमान सिंह थापा मगर -९८५७८२२३८
सदस्य: सन्तोष पुन -९८५११५१०१२

 

र, यो पनि….



प्रतिक्रिया दिनुहोस !