९ पुस २०८२, बुधबार

चितवनमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति :  29 September, 2022 1:49 pm


चितवन। डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो । स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् ।

चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !