८ बैशाख २०८१, शनिबार

माओवादी केन्द्रकी नेतृ घर्तीद्वारा समिति सभापति हैसियतमा प्राप्त गरेको सरकारी गाडी फिर्ता

प्रकाशित मिति :  29 September, 2022 3:07 pm


काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ जयपुरी घर्तीले प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति सभापति हैसियतमा प्राप्त गरेको गाडी फिर्ता गरेकी छन् ।

घर्तीले आफ्ना स्वकीय सचिव मदन घर्तीमगरमार्फत आफूले सभापतिको हैसियतमा चढ्दै आएको गाडी आज फिर्ता गरेकी हुन् । स्वकीय सचिव घर्तीले भने,“सभापतिको हैसियतमा माननीय ज्यूले चढ्दै आउनुभएको गाडि फिर्ता गर्नु भएको छ ।”

घर्तीले रोल्पाबाट प्रत्यक्षतर्फ चुनाव लड्ने भन्दै आफ्नो दाबी प्रस्तुत गर्दै आएकी छन् । प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय नजिकिदै गर्दा घर्तीले संसद सचिवालयबाट प्राप्त सुविधाको गाडि फिर्ता गरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस !