९ पुस २०८२, बुधबार

मोरङको सुनवर्षीमा ३२ वर्षीय युवा मृत अवस्थामा भेटिए

प्रकाशित मिति :  30 September, 2022 1:28 pm


विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा एक युवा मृत अवस्थामा भेटिएका छन् ।

मोरङको लरीकट्टा भन्ने ठाउँमा धामी बस्न हिडेका बटरबारी ४ का ३२ वर्षीय अशोककुमार यादव मृत भेटिएको प्रहरीले जनाएको छ ।

बिहीबार साँझ उनी घरबाट धामी बस्नका लागि लरीकट्टा भन्ने ठाउँमा जान्छु भन्दै हिँडेका यादव शुक्रबार विहान घरबाट करिब डेढ किलोमिटर टाढा सडकमा उनको शव फेला परेको स्थानीयले जानकारी दिए ।

प्रहरीका अनुसार मृतकको पेटमा ठूलो चोट भएकोले हत्या भएको आशंका गरिएको छ ।

घटना शंकास्पद भएकाले तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !