१५ बैशाख २०८१, शनिबार

बर्दियामा आफ्नै छोरालाई मारेर फरार रहेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति :  30 September, 2022 2:43 pm


काठमाडौं । बर्दियामा आफ्नै छोरालाई मारेर फरार रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

असोज १२ गते बारबर्दिया नगरपालिका वडा नम्बर –११ बिजयनगरका ४५ वर्षीय लौरंगलाल थारु आफ्नै २० वर्षीय छोरा मारेको आरोपमा पक्राउ परेका हुन् ।

छोरा बिबेकलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । बुवाको प्रहारबाट घाइते बिबेकको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो ।

फरार रहेका लौरंगलाललाई आज बिहान साढे १० बजेतिर गुलरिया नगरपालिका वडा नं. –११ ईन्द्रपुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !