१२ बैशाख २०८१, बुधबार

मंसिर ४ को चुनाव नलड्ने पूर्व प्रधानमन्त्री भट्टराईको घोषणा

प्रकाशित मिति :  3 October, 2022 3:37 pm


काठमाडौं । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले आगामी प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका छन् । भट्टराईले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनाव नलड्ने घोषणा गरेका हुन् ।

उनले भनेका छन्,“आगामी २०७९ मंसीर ४ को प्रतिनिधसभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहा‘हरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु । मेरो कार्यकालमा गोरखाको दूरगामी विकास र समृद्धिकालागि आधारभूत भौतिक तथा सामाजिक पूर्वाधारहरू बनेका छन् भने केही शुरूभएका आयोजना पूरा हुन बाँकी छन् । बाँकी रहेका आयोजना पूरा गर्न र ती पूर्वाधारको जगमा अब उत्पादन र रोजगारमुखी योजना र कार्यक्रम ल्याएर ऐतिहासिक गोरखालाई देशकै नमूना विकासको केन्द्र बनाउन म संसदमा नरहे पनि निरन्तर सक्रिय योगदान गरिरहनेछु ।”

भट्टराई गोरखा २ बाट २०६४,२०७० र २०७४ को संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । भट्टराईले भनेका छन्,“२०६५ देखि अहिलेसम्म प्रत्येक महिना गोरखा आउनेजाने र जनताको घरदैलोमा पुग्ने काम गरिराखें र तपाईंहरूबाट धेरै सिक्ने अवसर पाए । आगामी दिनमा पनि म निरन्तर तपाईंहरूकै सेवामा रहिरहनेछु ।”

चुनाव नलड्नु भनेको राजनीति छोड्नु हैन भन्दै पूर्वप्रधानमन्त्री भट्टराईले कतिपय मानिसहरूले जानेर नजानेर त्यस्तो सोच्नरभन्न सक्ने उल्लेख गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्,“सत्तादेखि सत्ता र चुनावदेखि चुनावसम्मको राजनीति गर्नेहरूले त्यसो भन्नु अन्यथा हैन । तर सही र असल राजनीति भनेको समाजको सर्वतोमुखी अग्रगामी रूपान्तरण र जनतारसमाजको सेवा गर्ने साधन हो।म त्यसमा विश्वास गर्छु र आजीवन त्यही मार्गमा लागिरहनेछु । पार्टीको काम र जनसेवामा म निरन्तर खटिरहनेछु ।”

भट्टराईले थप भनेका छन्,“म सबै गोरखाली दिदीबहिनी दाज्युभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउककमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहकका साथमा हुनेछु ।”



प्रतिक्रिया दिनुहोस !