१६ चैत्र २०८०, शुक्रबार

रोल्पामा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ वर्षमान पुनको पक्का, जयपुरी ‘रिङ बाहिर’

प्रकाशित मिति :  4 October, 2022 8:54 am


काठमाडौं । आगामी मंसिर ४ गते हुने चुनावमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ राेल्पामा वर्षमान पुनले टिकट पाउने पक्का भएको छ ।

रोल्पाबाट कृष्णबहादुर महरा,वर्षमान पुन,जयपुरी घर्ती, ओनसरी घर्ती,झक्कु सुवेदी, र कुलप्रसाद के.सी.को नाम सिफारिस भएको थियो ।

महराले चुनाव नलड्ने भनेपछि पुन र घर्तीको प्रतिस्प्रधा थियो । तर, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पाबाट पुन नै चुनाव लड्ने प्रष्ट पारेका छन् । घर्तीसँगको छलफलमा रोल्पामा अरुलाई दिन नसकिने र पुन नै चुनाव लड्ने प्रष्ट पारेको स्रोतको भनाई छ । यससँगै घर्तीले असन्तुष्टि समेत जनाएकी छन् । पुन २०७४ सालमा पनि रोल्पाबाट नै निर्वाचित भएका थिए ।

नेतृत्वले सार्वजनिक कार्यक्रममा ‘सकेसम्म महिला नेतृत्व सिफासि गर्नुस् र जित्न सक्ने सम्भावित ठाउँमा महिला नै उठाउने’ भनेर सार्वजनिक भाषण गर्ने तर भित्र भने मान्छे हेरेर नीति बनाएको भन्दै घर्तीले असन्तुष्टि जनाएकी छन् । रोल्पा माओवादी केन्द्रका लागि सुरक्षित ठाउँ मानिन्छ । घर्ती निकट स्रोत अनुसार रोल्पामा आफूलाई अफ्ठेरो पार्न नेतृत्वले अनेक प्रपञ्च रचेको र आफूलाई अन्तिममा मात्रै निर्णय सुनाएको भन्दै अध्यक्ष प्रचण्डसँगै असन्तुष्टि जनाएकी थिइन् ।

२०७४ को चुनावमा समानुपातिक तर्फ सांसद रहेकी घर्तीले महरा र पुनलाई समेत आफ्नो असन्तुष्टि सुनाएकी थिइन् । रोल्पामा महरा र पुनले सधै मिलेमतो गरेर अरुलाई माथि उठ्न नदिने रणनीति अपनाएको भन्दै घर्तीले दुबै नेतासँग गुनासो गरेको स्रोतको दाबी छ । घर्तीलाई अन्तिममा काठमाडौं क्षेत्र नम्बर २ बाट चुनाव लड्न प्रस्ताव गरिएको थियो ।

घर्तीले भने आफूले उक्त क्षेत्रमा कुनै तयारी नगरेको र १ वर्ष पहिले मात्रै भनेको भएपनि आफूले तयारी गर्न सक्ने भएपनि नेतृत्वले अन्तिममा अफ्ठेरो भएको टिप्पणी गरेकी छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री रहेका के.सी.ले समानुपातिकमा सिफारिस आफ्नी श्रीमतीको सुनिश्चिता भए आफू यसपटक चुनाव नलड्ने नेतृत्वलाई जानकारी गएका छन् । यद्यपी उनको नाम रोल्पा प्रदेश ‘ख’ बाट समेत सिफारिस भएको छ ।

घर्तीले भने आफूमाथि अन्ययाय भएको भन्दै नेतृत्वसमक्ष गुनासो गरेकी थिइन् । आफूले टिकट नपाउने भएपछि घर्ती गृह जिल्ला रोल्पा फर्किएकी छन् ।



प्रतिक्रिया दिनुहोस !