बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु २४ जना घाइते
प्रकाशित मिति : 6 October, 2022 1:48 pm
मकवानपुर । बारामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २४ जनाको मृत्यु भएको छ ।
नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको ०६–००१ ख ०१० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चुरेहिल अस्पताल र मकवानपुर सहकारी अस्पतालमा थप १–१ जनाको र हेटौडा अस्पतालमा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका इन्सपेक्टर बलराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।
घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ ।








