९ पुस २०८२, बुधबार

५ घण्टादेखि अवरुद्ध नारायणगढ मुग्लिन सडकखण्ड संचालनमा

प्रकाशित मिति :  6 October, 2022 2:16 pm


चितवन । दुई दिन देखिको परेको वर्षाले अवरुद्ध बनेको नारायणगढ( मुग्लिन सडकखण्ड संचालनमा आएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका स्थित १८ किलो भन्ने स्थानमा पहिरो खस्दा अवरुद्ध भएको मुग्लिन—नारायणगढ सडकखण्डको सवारी आवागमन पहिरो हटाइए सँगै सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ ।

पहिरो खसेको ५ घण्टापछि सडकखण्ड संचालनमा आएको हो । लगातारको वर्षाले दसैको बेला हिडेका यात्रुहरु सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा अलपत्र परेका थिए ।



प्रतिक्रिया दिनुहोस !