सन्दिप लामिछाने गौशला प्रहरीको हिरासतमा, वकिलसँग पनि भेट्न दिइएन
काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
बिहीबार कतार एयरवेजको विमानबाट काठमाडौं ओर्लिएका उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो । लगतै उनलाई पीडित किशोरीले जाहेरी दिएको प्रहरी वृत्त, गौशालामा लगिएको छ । आजै उनको मेडिकल चेकजाँच हुनेछ ।
सन्दिपमाथि सिंगै राज्यसत्ता उनकोविरुद्ध नियोजित रुपमा लागेको उनका वकिल सरोज घिमिरेले बताए। सन्दीपले आफ्ना वकिलमार्फत प्रहरीमा आत्मसमर्पण गर्न खोजे पनि उनलाई विमानस्थलबाट हतकडी लगाएर सिधै गौशाला चौकीको हिरासतमा लगिएको घिमिरेले बताए ।
उनले भने म विहानै गौशला आइपुगेको थिए, जहाज आकाशमै फन्को लगाएको हुनाले अवतरण हुन केहि ढिला भयो तर प्रहरीले मलाई विमानस्थल जान पनि दिएन यहि भेट्दा हुन्छ भन्नुभयो तर हामी कुरेको कुरै भयौं सन्दिपलाई यहाँ निवेदन लिएर आउनु भने पनि हामी आउँदा मेडिकलको लागि लगिसकिएछ ।
अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ ।








