प्रतिकूल मौसमका कारण पोखरामा सबै उडान रद्द
प्रकाशित मिति : 6 October, 2022 5:07 pm
काठमाडौं । प्रतिकूल मौसमका कारण आज काठमाडौंबाट पोखरामा हुने र पोखराबाट अन्य विमानस्थलमा हुने सबै उडान रद्द भएका छन् ।
काठमाडौं विमानस्थलसहित नजिकका विमानस्थल निरन्तरको वर्षाका कारण भरतपुरका उडानहरु समेत प्रभावित भएको वायुसेवा कम्पनीहरुले जनाएका छन् ।
बुद्ध एयरले बिहीबारका लागि पोखरामा निर्धारित सबै उडान रद्द भएको जानकारी गराएको छ । कम्पनीका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार पोखराबाट काठमाडौंबाहेकका अन्य विमानस्थलमा भइरहेको उडान समेत बिहीबार रद्द हुन पुगेको छ ।








