१४ बैशाख २०८१, शुक्रबार

पाल्पामा फूलपाती मेला हेर्न गएका २ जना मृत फेला

प्रकाशित मिति :  6 October, 2022 6:46 pm


काठमाडौं । पाल्पामा दुई युवा मृत भेटिएका छन् । निस्दी गाउँपालिका वडा नम्बर २ का २१ वर्षीय वीरेन्द्र सोमै मगर र इन्द्र सारु मृत भेटिएका हुन् ।

उनीहरू दुवै जना फूलपातीको मेला हेर्न मित्याल गएका प्रहरीले जनाएको छ । दशैँ दिनसम्म घर नआएपछि उनीहरूको खोजी भएकोमा आज बिहीवार शव भेटिएको हो ।

मृतक इन्द्रको टाउको तथा शरीरका विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !