१३ बैशाख २०८१, बिहिबार

पहिरो पन्छाएर पृथ्वी राजमार्ग सञ्चालन

प्रकाशित मिति :  7 October, 2022 1:37 pm


तनहुँ । अविरल वर्षासँगै पहिरो जाँदा अवरूद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। शुक्रबार बिहान पृथ्वी राजमार्गको दुई ठाउँमा पहिरो जाँदा सडक अवरूद्ध भएकामा पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराइएको प्रहरीले जनाएको छ।

व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए।

त्यस्तै म्याग्दे गाउँपालिका–१ गुणादीमा एकतर्फी सडक सञ्चालनमा आएको छ। दुईतर्फी बनाउन पहिरो पन्छाउने कार्य जारी छ। ‘निरन्तर पानी परिरहेकाले केही समस्या भएको छ,’ उनले भने।

राजमार्ग सञ्चालनमा आएपछि रोकिएका सर्वसाधारण गन्तव्यतर्फ लागेका छन्। निरन्तर वर्षा भइरहेकाले अझै पहिराको थप जोखिम रहेको देखिन्छ। पहिरो जानसक्ने सम्भावना हेरेर पहिरो पन्छाउने टोलीलाई तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ। रासस



प्रतिक्रिया दिनुहोस !