१३ बैशाख २०८१, बिहिबार

गंगा थारूले त्यागिन् एमाले, स्वतन्त्र उम्मेदवार बन्ने घोषणा

प्रकाशित मिति :  7 October, 2022 2:04 pm


काठमाडौं । नेकपा एमालेकी पूर्व नेता गंगा थारुले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन्।

तर विहीबार फेसबुकमा एक स्टाटस लेख्दै लोकतन्त्रमा नागरिक नै सर्वोपरि हुने भएकोले आफूले देशलाई शिरमाथि राखेर स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएको बताएकी हुन्।

उनले भनेकी छिन्, ‘आज मैले ठीक निर्णय गरे या बेठीक, मलाई थाहा छैन । राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहनेछु । जनता भगवान हुन् जनता नै सर्वोपरि हुन् । देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउँदैछु । हजुरहरुको साथ चाहिएको छ ।’

यसअघि थरूहट तराई पार्टी नेपाल तथा एमालेबाट गरी गंगा दुइ पटक समानुपातिक सांसद भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !