एमालेले प्रतिनिधि सभाका लागि प्यूठानमा सूर्य थापालाई बनायो उम्मेदवार
प्रकाशित मिति : 8 October, 2022 8:00 am
काठमाडौं । नेकपा एमालेले प्यूठानबाट सूर्यबहादुर थापालाई संघका लागि उम्मेदवार बनाएको छ ।
थापाले मणि थापालाई पछि पार्दै प्यूठानबाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाका लागि टिकट पाएका हुन् । माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका मणि थापा पनि टिकटका आकांक्षि थिए तर थापाले टिकट हात पारेका छन् ।
एमालेले प्रदेशसभा तर्फ (क) तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजाललाई टिकट दिएको छ । थापाले सत्ता गठबन्धनबाट उम्मेदवार बन्ने दुर्गा पौडेलको समाना गर्ने छन् । थापा पहिलो पटक प्रत्यक्ष तर्फ संघका लागि चुनाव लड्न लागेका हुन् ।








