रोल्पामा गठबन्धनबिच अझै कुरो मिलेन, कांग्रेस र माओवादी केन्द्र दुबैको दाबी
प्रकाशित मिति : 8 October, 2022 8:24 am
रोल्पा । रोल्पामा सत्ता गठबन्धनबीच अझै सहमति हुन सकेको छैन ।
केन्द्रमा गठबन्धनबीच धेरै जसो ठाउँमा सहमति भइसकेपनि रोल्पामा भने अझै सहमति हुन सकेको छैन ।
रोल्पामा माओवादी केन्द्रले संघ र प्रदेश सबैमा दाबी गरेको छ भने नेपाली कांग्रेसले प्रदेश सभा (ख) मा दाबी गरेको छ । सहमति हुन नसकेपछि केन्द्रले रोल्पाको प्रदेश सभा (ख) का लागि माओवादी केन्द्र र नेपाली कांग्रेस दुबैको नाम राखेको छ ।

नेपाली कांग्रेसले संघ र एउटा प्रदेश सभामा सघाउने र एउटा प्रदेश सभा माग गरेको थियो । प्रदेश सभामा अन्तर्गत (ख) मा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको दाबी थियो । तर माओवादी केन्द्रबाट भने कुलप्रसाद के.सी. र दिपेन्द्रकुमार पुनको दाबी छ ।








