सहमति नभए संघका लागि राेल्पामा मेराे मित्रवत प्रतिस्पर्धा हुन्छ : सभापति अमरसिंह पुन
काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गठबन्धनबिच रोल्पामा सहमति नभए मित्रवत प्रतिस्प्रधा हुनसक्ने बताएका छन् । नेकपा माओवादी केन्द्रले राेल्पा छोड्न नमानेपछि सभापति पुनले संघका लागि मित्रवत प्रतिस्प्रधा हुन सक्ने बताएका हुन् ।
लुम्बिनी सञ्चारसँग कुरा गर्दै सभापति पुनले भने, “सहमति भए ठिक छ नभए मित्रवत प्रतिस्प्रधा हुनसक्छ ।” उनले आफू संघका लागि चुनाव लड्ने बताए । उनले भने, “सहमति भए गठबन्धनकै निर्णय अनुसार जान्छौं होइन भने मेरो प्रतिस्प्रधा संघका लागि हुन्छ ।”
केन्द्रमा गठबन्धनले संघ र प्रदेश सभा (क) का लागि धेरैजसाे जिल्लामा सहमति गरेपनि राेल्पा प्रदेश सभा (ख) का लागि अझै सहमति जुटाउन सकेको छैन । एउटा निर्वाचन क्षेत्र रहेको रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभा (क) क माओवादी केन्द्रले पाउने सहमति भएपनि प्रदेश सभा (ख) का लागि भने माओवादी केन्द्र र कांग्रेस दुबैले दाबी गरिरहेका छन् ।
केन्द्रले राेल्पामा चुनाव नै नलड्ने निर्णय गरेको अवस्थामा पुनले छोड्न सक्ने समेत बताएका छन् । पुन कोइराला पक्षका हुन् । माओवादी केन्द्रले दबाव दिएमा देउवा पक्षले रोल्पामा पूर्ण सहयोग गरेर अर्को जिल्लाको कुनै क्षेत्र लिन सक्ने सम्भावना समेत छ ।
राेल्पा प्रदेश सभा (ख) मा माओवादी केन्द्रबाट कुलप्रसाद के.सी.र दिपेन्द्रकुमार पुनको दाबी छ भने नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनको दाबी छ । सभापति पुन संघ र प्रदेश सभा (ख) दुबैतिर सिफारिस भएका छन् । स्थानीय तहको चुनावका बेला पनि रोल्पामा माओवादी केन्द्र र नेपाली कांगेसले छुट्टा छुट्टै चुनावी प्रतिस्प्रधा गरका थिए ।
नेकपा माओवादी केन्द्रबाट संघका लागि वर्षमान पुन तथा प्रदेश सभा (क) मा जोखबहादुर महराको उम्मेदवारी लगभग पक्का भएको छ ।








