३० पुस २०८२, बुधबार

पाल्पामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

प्रकाशित मिति :  8 October, 2022 11:07 am


संकेतिक फाइल फोटो

काठमाडौं । पाल्पामा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ ।

रिब्दीकोट गाउँपालिका वडा नम्बर ६ ठिमुरेमा रहेको मन्दी खोलाले बगाउँदा रिब्दीकोट वडा नम्बर ५ नयाँटोलकी पाँच वर्षीया प्रिन्सु पचभैयाको मृत्यु भएको हो ।

बिहीवार बेलुकी साढे ४ बजेतिर नयाँ टोलबाट रानीठाँटी जाने क्रममा पचभैयासहित तीन जनालाई खोलाले बगाएको थियो ।

खोला तर्ने क्रममा प्रिन्सुसँगै आमा कविता र मीन रानालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । खोलाले बगाएका कविता पचभैँया र मीना रानाको भने उद्धार गरिएको छ ।

प्रहरीका अनुसार घाइते मीनाको तानसेनमा रहेको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !