रोल्पामा गठबन्धनबिच सहमति, संघ र प्रदेश सभा (क) माओवादी केन्द्रलाई, प्रदेश सभा (ख)मा कांग्रेस
प्रकाशित मिति : 9 October, 2022 11:38 am
काठमाडौं । रोल्पामा कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ ।
माओवादी केन्द्रले कांग्रेसलाई प्रदेश सभा (ख) दिन सहमत भएको छ । एउटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभासहित प्रदेश सभा (क) माओवादी केन्द्रले पाउने सहमति भएपनि प्रदेश सभा (ख) मा विवाद थियो ।
माओवादी केन्द्रले प्रदेश सभा (ख) दिन मानेको थिएन तर आज बिहान सहमति भएको छ । अब संघमा माओवादी केन्द्रका वर्षमान पुन, प्रदेश सभा (क) मा जोखबहादुर महरा र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्म्दवारी दिने छन् ।
पुनले सहमति भएको र आफूले वारेसनामा मार्फत उम्मेदवारी दिने लुम्बिनी सञ्चारलाई जानकारी दिए ।








