९ पुस २०८२, बुधबार

रोल्पाको सुनिलस्मृति गाउँपालिकाभित्र अवरुद्ध सडक खुलाउन सुरु

प्रकाशित मिति :  9 October, 2022 11:55 am


रोल्पा । लगातारको वर्षाले रोल्पाको सुनिल स्मृति गाउँपालिकाभित्र अवरुद्ध सडक खुलाउन सुरु भएको छ ।

शनिबार वर्षा कम भएसँगै गाउँपालिकाले ग्रामिण सडक खुलाउन सुरु गरेको हो ।

सडक खुलाउन विभिन्न ठाउँ डोजर परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले जानकारी दिए । उनले भने,“सडक धेरै ठाउँमा क्षति भएको छ । सडक खुलाउन ठाउँ ठाउँमा डोजर परिचालन गरिएको छ ।”

प्रत्यक्ष वडामा बाटो खुलाउन निर्देशन दिइएको अध्यक्ष बुढाथोकीले जानकारी दिए । रुइनिबाङ फुलिवनको सडक खण्डको रुनिवा नजिकै गएको ठूलो पहिलो हटाउन सुरु भएको छ । किमुचौर– घोडागाउँ सडक खण्ड शनिबार नै खुलिसकेको छ ।

अध्यक्ष बुढाथोकीका अनुसार भोलीसम्ममा सुनिलस्मृति गाउँपालिका भित्रका सबै सडक खुलिसक्ने छ । उनले भने,“कतिपय ठाउँमा ठूलठूलो पहिलो गएको छ, सोमबारसम्म सबै सडक खुलिसक्छ ।”



प्रतिक्रिया दिनुहोस !