४ कार्तिक २०८३, मंगलबार

पुनले वारिसनामा मार्फत उम्मेदवारी दर्ता गराउने

प्रकाशित मिति :  9 October, 2022 12:36 pm



रोल्पा । एकीकृत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वारिसनामा मार्फत उम्मेदवारी दर्ता गराउने भएका छन् ।

पुनले सत्तारुढ गठबन्धनबाट रोल्पाबाट प्रतिनिधि सभाका लागि प्रत्यक्ष तर्फ उम्मेदवारी दिदैछन् । पुनका सचिवालय सदस्य जीवन रोकामगरले वारेसनामा मार्फत पुनले उम्मेदवारी दर्ता गराउने जानकारी दिए ।

उनले भने, “पार्टीको काम लगायतमा व्यस्त भएकाले, उहाँले वारेसनामा मार्फत नै उम्मेदवारी दर्ता गराउनु हुन्छ ।”

पुनले भनेका छन्,“रोल्पा प्रतिनिधि सभाको लागि सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिदैछु रसहयोगको लागि सबैमा हार्दिक आभार !”



प्रतिक्रिया दिनुहोस !