अभिनेत्री रेखा थापाद्वारा उम्मेदवारी दर्ता
प्रकाशित मिति : 9 October, 2022 12:51 pm
काठमाडौं । अभिनेत्री रोखा थापाले मोरङ–३ बाट उम्मेदवारी दर्ता गराएकी छन् ।
थापाले राप्रपाबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ता गराउँदै थापाले भनेकी छन्,“मेरो राजनितिक यात्रा समयको माग हो , आज मोरङका जनताको सेवाका लागि , विगत ३० बर्ष देखि संसदमा पुगेका दलका नेताहरुले मोरङबासीका लागि गरेको काम हेर्दा , समाजले एउटा नेतृत्ववाट गर्ने अपेक्षा र नेतृत्वले जनताप्रति गरेको घातका कारण मोरङका जनताका खातिर युवाले गरेको विद्रोह हो ।
रंगमञ्चको पर्दामा आफ्नो जुन योगदान थियो अब नेपाली समाजको , मोरबासीका लागि हुने बताएकी छन् । उनले भनेकी छन्,“ यसपटक जनतालाई झुट कोलेर संसद बन्ने प्रथाको अन्य हुनेछ । छिट्टै मैले मेरा केही योजनाहरु सहित तपाईको विचमा आफुलाई उभ्याउने छु ।”








