भालुवाङ–प्युठान-रोल्पा सडक खण्ड आंशिक सञ्चालनमा
प्रकाशित मिति : 9 October, 2022 4:29 pm
रोल्पा । भालुवाङ–प्यूठान-रोल्पा सडक खण्ड आंशिक रुपमा सञ्चालनमा आएको छ ।
झण्डै तीन दिनदेखि अवरुद्ध सडक आंशिक रुपमा सञ्चालनमा आएको हो । अहिले यातायातका साना सवारी साधन सञ्चालनमा आएका छन् । आइतबार अपरान्हबाट जिप लगायतका साना सवारी साधन चल्न थालेको प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण बड्डडाडा – चकचकेबीचमा पर्ने सिमलचौर क्षेत्रमा ठूलो पहिरो गएका कारण चकचकेमा दर्जनौं गाडिमा सर्वसाधारण अलपत्र परेका थिए ।
सडक अवरुद्ध भएपछि रोल्पा र प्युठानबाट दाङतर्फ जान पर्ने यात्रुहरु रोल्पाको लिवाङ, सुलिचौर तथा प्युठानको खलंगा, विजुवार लगायतका स्थानमा अलपत्र परेका थिए । साना गाडी सञ्चालनमा आएपछि ठूला सवारी साधन पनि चलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








