९ पुस २०८२, बुधबार

रुपन्देही-५ मा प्रतिनिधि सभाका लागि एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम

प्रकाशित मिति :  10 October, 2022 4:16 pm


रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि नेकपा (एमाले) को तर्फबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएको छ ।

एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईको उम्मेदवारी दर्ता भएको थियो ।

एउटै पार्टीको उम्मेदवारी परेको अवस्थामा पहिला दर्ता गर्नेले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७९ मा प्रष्ट उल्लेख रहेको निर्वाचन अधिकृत चिन्तामणी शर्माले जानकारी गराएका छन् । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका बासुदेव घिमिरेको उम्मेदवारीलाई आधिकारिता प्रदान गरिएको जानकारी दिएका छन् । नेकपा एमालेले पहिले घिमिरेलाई टिकट दिएको थियो तर अन्तिम समयमा राष्ट्रिय सभा सदस्य रहेका भट्टराईलाई टिकट दिइएको थियो । यद्यपी समयका कारण घिमिरेले आधिकारिकता पाएका छन् ।



प्रतिक्रिया दिनुहोस !