१९ मंसिर २०८२, शुक्रबार

हातहतियार प्रहरीलाई बुझाउन स्याङ्जा प्रशासनको आग्रह

प्रकाशित मिति :  11 October, 2022 11:46 am


स्याङ्जा । स्याङ्जा जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार प्रहरीको जिम्मामा राख्न आमनागरिकसँग आग्रह गरेको छ । प्रशासनले निर्वाचन अवधिभरलाई लक्षित गर्दै प्रशासनद्वारा स्वीकृत पाएका हातहतियार प्रहरीको जिम्मामा राखी भरपाइ लिन अनुरोध गरेको हो ।

मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विश्वसनीय सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण बनाउन गृहमन्त्रालयको निर्देशन बमोजिम अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए ।

प्रजिअ क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा इजाजत प्राप्त सबै हातहतियार कार्तिक ६ गतेसम्म आफ्नो नजिकको प्रहरी कार्यालय, वडा वा इकाईमा बुझाउन उल्लेख छ । हातहतियारहरु जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङमा सुरक्षित साथ राखिने र निर्वाचन सम्पन्न भएपछि हातहतियारधनीलाई नै फिर्ता गरिने पनि सूचनामा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !