९ पुस २०८२, बुधबार

पहिराेमा पुरिएर हुम्लामा चार जनाको मृत्यु

प्रकाशित मिति :  11 October, 2022 1:44 pm


काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ स्थित मासीधारामा पहिराेमा पुरिएर चार जनाको मृत्यु भएको छ। चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

गत आइतबार राति आएको पहिराेमा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया सुस्मिता र १२ वर्षीया हैजाली विकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।

पहिरामा परेर पाँच घाइते भएका छन्। घाइते हुनेमा ३८ वर्षका देउच्या, ३६ वर्षीया अङ्गती, १४ वर्षीया मनिका, १२ वर्षीया निरुता र तीन वर्षीय तवेन्द्र विक छन्। घाइतेमध्ये अङ्गतीको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !