हुन्डाई गाडी टेस्ट ड्राइभ गरेका जिसी र गुरुङ्गले जिते कतार विश्वकप हेर्न टिकट
काठमाडौं । हुन्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले विश्व कप २०२२ लक्षित “गोल अफ द सेन्चुरी” अभियान अन्तर्गतको टेष्ट ड्राइभ क्याम्पेन ‘हुन्डाई टेस्ट ड्राइभ वाच लाइभ फिफा वर्ल्ड कप २०२२’ को विजेता घोषणा गरेको छ ।
यस क्याम्पेनका विजेताले फिफा विश्वकप २०२२ को प्रत्यक्ष खेल कतार गएर हेर्न पाउनेछन् । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत २ जना विजेताहरुको छनौट गरिएको कम्पनीले जनाएको छ । भाग्यशाली विजेताहरुमा शेर बहादुर जिसी र हस्त माया गुरुङ्ग रहेका छन् ।
दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन् । जसको सम्पूर्ण खर्चहरु हुन्डाई नेपालले व्यहोर्ने जनाएको छ ।
यस योजनामा सहभागी जनाउन १९ जुलाई देखी ३० सेप्टेम्बर सम्म नेपालभरी रहेका हुन्डाईको १७ वटा सोरुमहरुबाट कुनै पनि हुन्डाई गाडीको टेष्ट ड्राइभ गरि आफुलाई रजिष्टर गर्नुपर्ने थियो ।








