गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका श्रेष्ठले स्याङ्जा १ (क) मा उम्मेदवारी फिर्ता लिए
स्याङ्जा । स्याङ्जा जिल्ला क्षेत्र नम्बर १ (क) मा गठबन्धन विरुद्ध बागी उम्मेदवारी दिएका मेखलाल श्रेष्ठले उम्मेदावरी फिर्ता लिएका छन् ।
गठबन्धनको निर्णय अनुसार यस प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी अमृता थापामगर उम्मेदवारी बनेकी थिइनन् । श्रेष्ठले पार्टी सभापति शेर बहादुर देउवाले उम्मेदवारी फिर्ता लिन अनुरोध गरेपछि आफूले उम्मेदवारी फिर्ता लिएको समाजिक सञ्जाल मार्फत बताएका छन् । “मैले उम्मेदवारी फिर्ता लिदाँ काँग्रेसका कार्यकर्तादेखि अन्य आम नागरिकहरूले चित्त दुखाएका होलान् तर पार्टीको निर्णयलाई सम्मान गरेर मैले उम्मेदवारी फिर्ता लिएको हुँ । उनले भने ।’’
त्यसैगरि श्रेष्ठले आफू उम्मेदवार नभएपनि निर्वाचनमा गठबन्धनलाई सहयोग गर्ने र अधुरा रहेको योजनाहरुलाई अघि बढाउन आउँदा दिनहरुमा जुनसुकै पार्टीलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।








