९ पुस २०८२, बुधबार

उम्मेदवारी खारेजीकाे माग गर्दै गोविन्दराज जोशी,विजय गच्छदार,प्रभु साहलगायत ९ जना विरुद्ध सर्वोच्चमा मुद्दा

प्रकाशित मिति :  13 October, 2022 2:08 pm


काठमाडौं । उम्मेदवारी खारेजीको माग गर्दै ९ जना विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ ।

अधिवक्ता अनिल आचार्यले नैतिक पतन तथा फौजदारी अभियोगको मुद्दा खेपेका व्यक्तिलाई उम्मेदवार नबनाउन माग गर्दै सर्वोच्च अदालतमा आज मुद्दा दायर गरेका हुन् ।

मुद्दाको पेशी असोज ३० गतेका लागि तोकिएको छ । मुद्दा दायर हुनेमा विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी डिवि भन्ने युद्धविक्रम तामाङ, टेकबहादुर गुरुङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरी विरुद्ध आचार्यले मुद्दा दायर गरिएको अधिवक्ता आचार्यले जानकारी दिए ।

अधिवक्ता आचार्यले भने, “कानुनमा केही लुपहोल त छोडिएको छ तर फौजदारी अभियोग नलागेका, नैतिक पतन नदेखिने उच्च नैतिकवान व्यक्ति उम्मेदावर बन्नुपर्छ भनेर मुद्दा दायर गरिएको हो ।”



प्रतिक्रिया दिनुहोस !