३ चैत्र २०८२, मंगलबार

करेन्ट लागेर गैंडाको मृत्यु

प्रकाशित मिति :  13 October, 2022 2:28 pm


फाइल फोटो

चितवन । चितवनमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको छ। आज बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँचरछ वर्षको भाले गैंडा मरेको हो। सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए। बंगुर फार्ममा नांगो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए। यो आर्थिक वर्षमा यससँगै दुई गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्याङ्कानुसार छ सय ९४ गैंडा छन्। रासस



प्रतिक्रिया दिनुहोस !