टिकट नदिएपछि एमाले नेता रावल अध्यक्ष ओलीप्रति आक्रमक, पार्टीमै रहेर संघर्ष गर्ने (विज्ञप्तिसहित)
काठमाडौं । नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओलीमाथि अक्रमक रुपमा प्रस्तुत हुँदै पार्टीको गति र मति अनुसार अगाडि बढ्ने बताएका छन् ।
प्रतिनिधि सभाका लागि चुनावको टिकट नदिएपछि पत्रकार सम्मेलन गर्दै नेता रावलले पार्टीमै रहने उल्लेख गर्दै भनेका छन्,“देश र जनताको हितमा क्रियाशील रहनु पर्ने गतिशील संस्था हो । आगामी दिनहरुमा राष्ट्रिय राजनीति र पार्टीको गति र मति अनुरुप नै ज्ञट मेरा पाइलाहरु अगाडि बढ्ने छन् । नेता रावलले आफूलाई षडयन्त्रपूर्ण स्वेच्छाचारी तरिकाले टिकट नदिइएको टिप्पणी गरेका छन् ।
उनले भनेका छन्“ मेरो उम्मेदवारी रोकिदा जनता र कार्यकर्तामा उत्पन्न हुनसक्ने प्रतिक्रियाको कारण उम्मेदवारका लागि विभिन्न व्यक्तिहरुसंग पार्टी नेतृत्वले कुरा गरी अन्ततः सिफारिश नै नभएका व्यक्तिको नाम षडयन्त्रपूर्ण किसिमले अगाडि सारियो । यसो गर्नु कार्यकर्ता र जनताको मत र भावनालाई कुल्चने षडयन्त्रपूर्ण स्वेच्छाचारी काम भएको छर्लङ्गै छ ।”
उनले अध्यक्ष ओलीको आलोचना गर्दै विभिन्न अरोप समेत लगाएका छन् ।








