९ पुस २०८२, बुधबार

कांग्रेसको ‘अफर’ : पार्टीका बिद्रोहीले असोज ३१ गतेसम्म उम्मेदवारी निस्क्रिय बनाए कारबाही फुकुवा हुने

प्रकाशित मिति :  13 October, 2022 4:21 pm


काठमाडौं । नेपाली कांग्रेसले बिद्रोही उम्मेदवार बनेका नेता कार्यकर्तालाई असोज ३१ गतेसम्म निस्क्रिय बने कारबाही फुकुवा गर्ने भएको छ ।

आज विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले भनेको छ,“ तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।”

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा/प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरूबिच सहमति भएका क्षेत्रमा कांग्रेसका नेता कार्यकर्ताले बागी उम्मेदवारी दिएका छन् । पार्टी नीति विपरित कांग्रेसले पार्टी सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको थियो ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेसले असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !