९ पुस २०८२, बुधबार

प्रत्यक्ष तर्फको मतपत्र छाप्न सुरु

प्रकाशित मिति :  13 October, 2022 4:51 pm


काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव अन्गर्त प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गतको मतपत्र छाप्न सुरु भएको छ ।

आजदेखि मतपत्र छाप्न सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ । उम्मदेवारको मात्र निर्वाचन चिन्ह रहने गरी पहिलो हुने निर्वाचित हुने प्रणाली तर्फको मतपत्र छपाई आजदेखि सुरु भएको आयोगको भनाई छ ।

यस प्रणालीतर्फ प्रत्येक निर्वाचन क्षेत्रको छुट्टा छुट्टै हुनेगरी ४९५ प्रकारका मतपत्र छापिने आयोगले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !