९ पुस २०८२, बुधबार

गठबन्धन छोडेपछि प्रधानमन्त्रीद्वारा जनता समाजवादी पार्टीका मन्त्री बर्खास्त

प्रकाशित मिति :  13 October, 2022 6:24 pm


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई हटाएका छन् ।

सत्ता गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले जसपाका ४ मन्त्री बर्खास्त गरेका हुन् ।

राजेन्द्र श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास, मोहम्मद इश्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीलाई हटाइएको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त भएका मन्त्रीले सम्हालेका मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी कार्यभार तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै गैरसांसद मन्त्री बनेका गोविन्दप्रसाद शर्मा (कोइराला)को कार्यकाल सकिएपछि उनको जिम्मेवारी ज्ञानेन्द्रबहादुर कार्कीलाई दिइएको छ । शर्मा २०७८ चैत २४ गते कानून न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त भएका थिए। संवैधानिक व्यवस्था अनुसार गैरसांसद व्यक्ति छ महिनासम्म मन्त्री बन्न पाइन्छ ।



प्रतिक्रिया दिनुहोस !