१० पुस २०८२, बिहिबार

मधेश प्रदेशका मुख्यमन्त्री राउतद्वारा कांग्रेसका तीन मन्त्री बर्खास्त

प्रकाशित मिति :  14 October, 2022 3:36 pm


काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् ।

जनता समाजवादी पार्टीले गठबन्धन छोडेर नेकपा एमालेसँग सहकार्य गरेपछि संघमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका चार मन्त्रीलाई बर्खास्त गरेका थिए । संघको बदलमा गर्दै मधेश प्रदेश सरकारका मुख्यमन्त्री राउतले नेपाली कांग्रेसका मन्त्री बर्खास्त गरेका हुन् ।

बर्खास्तीमा पर्नेमा भौतिक पूूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला,बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्रप्रसाद सिंह रहेका छन् ।

मुख्य मन्त्री राउतको सिफारिसमा तीन मन्त्रीलाई पदमुक्त गर्दै प्रदेश प्रमुख हरिशंकर मिश्रले उक्त मन्त्रालयको कार्यभार मुख्यमन्त्रीलाई नै तोकेका छन् ।



प्रतिक्रिया दिनुहोस !