१० पुस २०८२, बिहिबार

नेपालका ठूला पार्टीले देशलाई लुटेर कङ्गाल बनाउन लागे : राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष उदय

प्रकाशित मिति :  14 October, 2022 4:04 pm



अर्घाखाँची । राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिपराज उदयले नेपालका ठूला पार्टीका नेताले देशलाई लुटेर कङ्गाल बनाउन लागेको आरोप लगाएका छन् ।

अर्घाखाँचीको सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै अध्यक्ष उदयले बाईसे चौबिसे राज्यलाई एक बनाई सिङ्गो देश निर्माणमा अमुल्य योगदान राजालाई शासन सत्ताबाट हटाई देशलाई गरिबी तर्फ लगेको टिप्पणी गरे ।

नेता उदयले ठूला दलहरुरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे ।

कार्यक्रममा राप्रपाबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीनरतीन पटक अर्घाखाँचीबाट गर्दै संसदमा पुगेर जिल्लाको विकासमा सिन्को भाच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए ।



प्रतिक्रिया दिनुहोस !