१२ पुस २०८२, शनिबार

नेपाल बुद्धिजीवी परिषदद्वारा अध्यक्ष देवकोटाको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन सहयोग कमिटी गठन

प्रकाशित मिति :  14 October, 2022 5:37 pm


काठमाडौं । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषद्ले अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाको अध्यक्षतामा ५०१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन सहयोग कमिटी गठन गरेको छ ।

हालै बसेको पदाधिकारीको बैठकले केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, प्रतिष्ठान, अध्ययन केन्द र विभागका सदस्यहरू, प्रदेश कमिटीका अध्यक्षहरू एवम ्जिल्ला कमिटीका अध्यक्षहरू रहने गरी सो कमिटी गठन गरेको हो ।

यसैगरी प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र पालिका कमिटीको पनि अविलम्ब बैठक बसी स्थानीय आवश्यकताका आधारमा निर्वाचन परिचालन तथा सहयोग समिति गठन गर्न सो बैठकले निर्देशन दिएको छ ।

निर्वाचन परिचालन तथा सहयोग समिति गठन गरेपछि आवश्यक योजना निर्माण गरी पार्टीको निर्वाचन परिचालन समितिसँग समन्वय गर्दै एकाकार भएर परिषदका सदस्यहरू परिचालित हुन र सम्पन्न व्रिmयाकलापको आवधिकरूपमा माथिल्लो निकायलाई प्रतिवेदन गर्न समेत बैठकले निर्देशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस !