१० पुस २०८२, बिहिबार

गठबन्धनद्वारा रोल्पामा निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय, खर्च परिचालन कसरी हुँदैछ ?

प्रकाशित मिति :  15 October, 2022 2:02 pm


रोल्पा । रोल्पामा लोकतान्त्रिक गठबन्धनले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

लोकतान्त्रिक बाम गठबन्धन दलका साझा उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।

पुनको संयोजकत्वमा प्रदेश सभा (क) का उम्मेदवार जोखबहादुर महरा र प्रदेश सभा (ख) का उम्मेदवार अमरसिंह पुन, लोकतान्त्रिक बाम गठबन्धनका रोल्पा जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिकका उम्मेदवार,गठबन्धनभित्र रहेका दलका जिल्ला सभापति,संयोजक तथा अध्यक्ष रहने गरी निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको हो ।

गठबन्धनले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको निर्णयमा,‘ प्रदेश सभा क्षेत्र,पालिका,वडा स्तरसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धि गतिविधि, क्रियाकलापहरू सञ्चालन गर्नका लागि वडासम्म प्रचारप्रसार समिति गठन गर्न लोकतान्त्रिक बाम गठबन्धन प्रदेश क्षेत्र परिचालन समितिलाई जिम्मेवार प्रदान गर्ने’ उल्लेख छ ।

गठबन्धनले घर्तीगाउँ र सुलिचौरमा संयुक्त आन्तरिक भेला गर्ने तथा सुलिचौर,घर्तिगाउँ र होलेरीमा संयुक्त आम सभा गर्ने निर्णय समेत गरेको छ ।

गठबन्धनको बैठकले निर्वाचन परिचालन खर्च व्यवस्थापनका लागि वर्षमान पुनको संयोजकत्वमा समिति बनाएको छ । समितिले प्रदेश सभाका उम्मेदवारहरू जोखबहादुर महरा र अमरसिंह पुनको सल्लाह सुझाव अनुसार पारदर्शी, मितव्ययिता तथा निर्वाचन आचारसंहिता भित्र रहेर निर्वाचन परिचालन सम्बन्धि खर्च व्यवस्थापन गर्ने निर्णय गएको छ ।



प्रतिक्रिया दिनुहोस !