उपमहासचिव वर्षमान पुनले भने,‘राेल्पाबाट काँग्रेस माओवादी मिलनको सन्देश दिन चाहान्छौं’
उमा केसी
रोल्पा । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अब रोल्पामा माओवादी र कांग्रेस मिलेको सन्देश दिन चाहेको बताएका छन् ।
रोल्पाबाट प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार रहेका नेता पुनले भने,“माओवादी जनयुद्धको केन्द्र रोल्पाबाट अब काँग्रेस माओवादी मिलनको सन्देश दिन चाहन्छौं ।”
नेता पुनले पुनले लामो समयदेखि थाती रहेको संक्रमणकालिन न्यायलाई तार्किक निश्कर्षमा पुर्याउन काँग्रेस माओवादी मिलन आवश्यक रहेको बताए ।
शान्ति प्रकृयाका मुख्य दुई साझेदार काँग्रेस माओवादीको सहकार्य विना शान्ति प्रकृयाको बाँकीकाम पुरा नहुँने उनको भनाई थियो । दुई दलको अगुवाईमा संक्रमणकालिन न्यायलाई तार्किक निश्कर्षमा पु¥याउने नेता पुनको भनाई छ ।
नेता पुनले भने,“कुनै बेला लडाइँ प्रधान थियो, हामी दुई ध्रुव जस्ता भएर लड्यौं, बिचमा प्रतिस्पर्धा आवश्यक थियो प्रतिस्पर्धा गर्याैं, अहिले सहकार्य आवश्यक भएकाले गठवन्धन गरेका छौं ” नेता पुनले भने ।
गठबन्धन हुन्छ कि हुँदैन भन्ने अन्यौलताकाबिच देशका सबै निर्वाचन क्षेत्रमा गठबन्धन गर्न सफल भएको बताउदै नेता पुनले देशभर करिब २ सय ठाउँमा बागी उम्मेदवारी रहेकोमा अहिले सो संख्या १० मा झार्न सकेको बताए ।
रोल्पा प्रदेश सभा (क) मा गठबन्धनका आधिकारिक मम्मेदवार बिरुद्ध परेको बागी उम्मेदवारीको विषयमा बोल्दै नेता पुनले भने,“ गठबन्धनको मर्म वुझेर उहाँ(दिपेन्द्रकुमार पुन) पछि हट्ने विषयमा सकारात्मक हुनुहुन्छ ।
पछि हटेर गठवन्धनलाई सहयोग गर्ने विषयमा प्रकृया अघि बढेको छ ।” माओवादी केन्द्रले रोल्पा रुकुम हेरेर मात्र नहुने भन्दै देशका अन्य जिल्लामा काँग्रेसको सहयोगमा माओवादीले उम्मेदवारी दिएको पनि भुल्नु नहने पुनको भनाई थियो ।
रोल्पामा कांग्रेसले उम्मेदवारी दिएको प्रदेश सभा (ख)मा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिपेन्द्रकुमार पुनले बागी उम्मेदवारी दिएका छन् ।








