१० पुस २०८२, बिहिबार

मुलुकले एक अभिभावक गुमायो : राष्ट्रपति भण्डारी

प्रकाशित मिति :  16 October, 2022 10:38 am


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, ‘वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक् स्रष्टा एवं अभिभावक गुमाएको पीडाबोध भएको छ ।’ सत्यमोहनको सार्थक जीवन हामी सबैका लागि प्रेरणाको स्रोत भएको पनि उनले उल्लेख गरेकी छन् ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको निधन भएको हो ।



प्रतिक्रिया दिनुहोस !