१२ पुस २०८२, शनिबार

रोल्पामा २०४८ सालपछि बनेको कांग्रेस-माओवादी गठबन्धन असफल बनाउने छुट छैन : पुन

प्रकाशित मिति :  16 October, 2022 6:03 pm


रोल्पा । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति एवं रोल्पा प्रदेश सभा (ख)का उम्मेदवार अमरसिंह पुनले नेपाली कांग्रेस र माओवादी केन्द्रबिचको सहकार्यले अन्तराष्ट्रिय स्तरमै सकारात्मक सन्देश जाने दाबी गरेका छन् ।

राेल्पा घर्तिगाउँमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै पुनले २०४८ सालपछि रोल्पामा कांग्रेस र माओवादी केन्द्र बिच पहिलो पटक तालमेल भएको र यसलाई असफल बनाउने छुट कसैलाई नभएको बताए ।

उनले विकास र समृद्धिको यात्रा रोल्पाबाट सुरु हुने दाबी गरे । उनले भने,दुई ध्रुवमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्रको सहकार्य र समझदारीबाट नै रोल्पालाई नयाँ मार्गमा लिएर जान सकिनेछ ।”



प्रतिक्रिया दिनुहोस !