८ पुस २०८२, मंगलबार

अवस्था ठिक नभएका २६ ओटा सवारी साधनलाई कारवाही, १५ ओटा नियन्त्रणमा

प्रकाशित मिति :  17 October, 2022 11:54 am


फाइल फाेटाे

काठमाडौं । काठमाडौंको थानकोटमा आइतबार (हिजो) गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका माइक्रोबस, भ्यान, ट्रिपर, हाईस, कार र टाटासुमो लगायतका २६ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरेकाे छ भने १५ ओटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

तालिम प्राप्त प्राविधिक सहितको टोलीले गरेकाे चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका २६ ओटा सवारी साधनलाई कारवाही गरिएको र १५ ओटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले जानकारी दिए ।

आइतबार भएको चेकिङमा १ सय ५५ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !