१८ आश्विन २०८१, शुक्रबार

घोराही उप-महानगरपालिकामा १५ दिनभित्र विदेशबाट १२ सय ६६ जना फर्किए,सबैभन्दा धेरै भारतबाट

प्रकाशित मिति :  1 April, 2020 7:34 am


दाङ, १९ चैत ।

दाङको घोराही उप-महानगरपालिकाभित्र भारतलगायत अन्य देशबाट झण्डै १२सय ६६ जना फर्किएका छन् ।

नगरस्तरीय विपत व्यवस्थापन समितिले सर्बपक्षीय सर्वदलीय बैठकमा पछिल्लो १५ दिनमा उप-महानगरपालिकाभित्र फर्कनेहरुको तथ्याङ्क सार्वजनिक गरेको हो ।

विपत व्यवस्थापन समितिका संयोजक एवं उप-महानगरपालिकाका प्रमुख नरुलाल चौधरीले कोरोना भाइरसको महामारी फैलिएपछिको समयमा भारतलगायत अन्य मुलुकबाट १२ सय ६६ जना नागरिकहरु नगर भित्रिएको फर्किएको तथ्याङ्क सार्वजनिक गरे । सबैको स्वास्थ्य अवस्था ठिक भएको भन्दै मेयर चौधरीले भने,‘ सबैको स्वास्थ्य अवस्था ठिक छ तर पनि निगरानी चाही गरिरहेका छौं ।’

उपमहानगरपालिकाका १९ वटै भारतबाट १ हजार ८ जना, कतारबाट १० जना, दुवईबाट २१ जना र अन्य मुलुकबाट २७ जना गरी १ हजार २ सय ६६ जना नगर घर भित्रिएको प्रमुख चौधरीले जानकारी दिए ।

कोरोना भाइरसका विरुद्ध उपमहानगरपालिका सशक्त भएर लागिपरेको भन्दै प्रमुख चौधरीले वडानम्वर-३ को कुइरेपानीमा १० वेडको आइसोलेसन कक्ष स्थापना गरिसकेको जानकारी दिए । आइसोलेशन कक्षमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरेको उनको भनाई छ । प्रमुख चौधरीले आवश्यक परेमा नेपाल परिवार नियोजक संघ र बाल अस्पताल सर्रामा आइसोलेसन स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।

घोराही उप-महानगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपैयाँको कोष स्थापना गरेको छ । उप-महानगरपालिकाले कोषमा नगद सहयोग गर्ने व्यक्ति र संस्थाका लागि नेपाल बैंकको ०२७०३०००००७००२०००००१ खाता नम्बरको व्यवस्था गरेको जानकारी गराएको छ । जिन्सी बस्तुहरु समेत संकलन भैरहेको मेयर चौधरीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !